Nijgadh, Bara
6.00 AM Open - 4.00 PM Closed

Call Us

(+977)053-540414
RMC Chief

Mayanath Ghimire

Mayanath Ghimire

 समाजको बृहत्तर विकास र बिस्तार  तथा मानव संसाधनको समग्र उन्न्नती प्रगतीको आधारशीला शैक्षिक उन्नयनबाट हुने भएकोले शिक्षालाई प्राथमिकमा राख्ने गरिन्छ । यस प्रकारले हेर्दा मानवले आफ्नो अस्थित्वको आत्मसाथ गर्दै भावी सन्ततीको उज्ज्वल भविष्यको कामनार्थ सभ्य तथा संकारपूर्ण कार्यको खातिर सोहि अनुरुपको बातावरण सृजना गर्न अपरिहार्य छ । शिक्षित समाजले सिङ्गो राष्ट्र शिक्षित बनाउँछ । शिक्षित व्यक्तिले भरिएको राष्ट्रले हर किसिमको उन्नति गर्न सक्छ भन्ने भावनाबाट अभिप्रेरित भएर निजगढका जनताले आफ्नै पहलबाट वि.सं. २०६३ कार्तिक १९ गते त्रिभुवन विश्वविद्यालयबाट 'गौरीशंकर क्याम्पस' को नाममा स्नातक तह (Bachelor Level) को शिक्षाशास्त्र सङ्काय (Education Faculty) मा सम्बन्धन ( Affiliation) प्राप्त भयो  । 

समाजको बदलिदो परिवेश तथा समय सापेक्ष आवश्यकता र मागलाई संबोधन गर्दै क्याम्पस व्यवस्थापन समितिले २०६४ सालमा शिक्षा सङ्कायमै 'नेपाली शिक्षा' (Nepali Education) विषयको अध्यापन कार्य प्रारम्भ गरियो । क्रमश: २०६५ सालमा अङ्ग्रेजी शिक्षा (English Education) को पनि पठनपाठन आरम्भ भएसंगै २०६६ सालमा 'व्यवस्थापन सङ्काय' (Management Faculty) समेत  थप गरी बाणिज्य शास्त्रको शिक्षण यसै क्याम्पसमा गर्न थालियो । वि.सं. २०६६ मंसिरमा यस क्याम्पसको प्रगति, निजी भवन निर्माण र आगामी दिनमा स्नातकोत्तर तहको पठनपाठनसमेतको व्यवस्था गर्ने उद्देश्य लिएर श्रीमद्भागवत धान्याञ्चल ज्ञान महायज्ञको आयोजना गरियो जसबाट करिब ६ करोड रुपैयाको सङ्कलन हुनपुग्यो । २०६७ सालको आरम्भमा 'स्वास्थ्य शिक्षा' (Health Education) विषयमा स्नातकोत्तर तह (Master Level) को स्वीकृति त्रि. वि. बाट लिई पठनपाठन भइरहेको छ भने २०६७ कै शैक्षिक वर्षदेखि मानविकी सङ्काय (Humanities Faculty ) मा स्नातक तहको 'ग्रामीण विकास' (Rural Development) र 'समाजशास्त्र (Sociology) विषयको समेत पठन-पाठन चलिरहेको छ । यसरी स्नातक तहको शिक्षाशास्त्र सङ्कायबाट आरम्भ भएको यो क्याम्पस अहिले बहुमुखी क्याम्पसका रूपमा रूपान्तरित भएको छ । 

यस क्षेत्रको सामाजिक रुपान्तरणको सिलसिला परिष्कृत ढंगले अग्रगामी तवरबाट भईरहेको यस परिप्रेक्षमा गौरीशंकर क्याम्पसको उपस्थिति कोशेढुंगाको रुपमा साबित भएको छ । स्नातकोत्तर तहसम्मको शिक्षा आफ्नै घरदैलोमा ल्याउन समर्थ हुनु, सिङ्गो निजगढमा पूर्वपश्चिम राजमार्ग ( महेन्द्र राजमार्ग) ले आवागमन सुगम तुल्याउनु तथा निजगढ - काठमाडौं 'दूतमार्ग' (Fast Track) निर्माण गरिने सरकारी निर्णय हुनु र कार्यान्वयनसमेत प्रारम्भ गरिनु एवम् अन्तर्राष्ट्रिय विमानस्थल (International Airport) को निर्माण यहीँ हुने सरकारको निर्णयबाट यहाँको विकासको भविष्य अझ उज्ज्वल देखिन्छ । यसका अतिरिक्त यस गौरीशंकर क्याम्पसले प्रदान गरिरहेको बहुआयामिक क्षेत्रको शिक्षाबाट निजगढ तथा समग्र राज्यको बृहत्तर बिकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा सहित क्याम्पसको थप बिकासको शुभकामना ज्ञापन गर्दछु ।