Nijgadh, Bara
6.00 AM Open - 4.00 PM Closed

Call Us

(+977)053-540414
Chairman, Free Student Union

Balkrishna Humagain

Balkrishna Humagain

“गौरीशंकर क्याम्पस,स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षको हैसियतमा, म यस क्याम्पससँग जोडिनु भएका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा समुदायप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। हाम्रो क्याम्पस पालिकाको एक मात्र उचशिक्षाको धरोहर मात्र होइन, यो हाम्रो क्षेत्रको शैक्षिक पहिचान, आशा र अवसरको केन्द्र बिन्दु हो। B.B.S र B.Ed जस्ता कार्यक्रमले वर्षौंदेखि विद्यार्थीहरूको भविष्य निर्माण गर्दै राष्ट्र निर्माणमा अतुलनीय योगदान दिदै आइरहेको छ र अब आवश्यकताअनुसार प्राविधिक तथा कार्यमुखी कार्यक्रम थप्न हामी दृढतापूर्वक अघि बढिरहेका छौँ।

हाम्रो क्याम्पसमा आसपासका जिल्ला र पालिकाहरुबाट पनि उच्च शिक्षा हँसिल गर्न आउने हुँदा  हाम्रो क्याम्पसप्रतिको विश्वास, आकर्षण र निरन्तर बढ्दै गैरहेको छ । यहाँबाट अध्ययन पूरा गरेका धेरै विद्यार्थी अहिले सरकारी सेवा, बैंकिङ क्षेत्र, शिक्षण, समाजसेवा  तथा अन्य पेसागत क्षेत्रमा सक्रिय भएर राष्ट्र निर्माणमा योगदान गरिरहेका छन्—यी हाम्रा गर्विला उदाहरणहरू हुन्।

म विद्यार्थी युनियनको अध्यक्षका रूपमा विद्यार्थीहरूको हकहित संरक्षण, शैक्षिक वातावरणको उन्नति, क्याम्पस–प्रशासन सहकार्य, पूर्वाधार विस्तार तथा विद्यार्थी–केन्द्रित कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै आएको छु। मेरो धारणा स्पष्ट छ—शिक्षा केवल कक्षाकोठामा सीमित हुँदैन; जिम्मेवारी, नेतृत्व, अनुशासन र आत्मविश्वास पनि शिक्षा कै हिस्सा हुन्। त्यसैले, क्याम्पसले उपलब्ध गराएका अवसरहरू—शैक्षिक, सांस्कृतिक, सामाजिक वा नेतृत्व—सबै विद्यार्थीले उपयोग गर्न सकोस् भन्ने मेरो चाहना छ।

गौरीशंकर क्याम्पसलाई अझ सक्षम, आधुनिक र प्रतिस्पर्धी शैक्षिक संस्थाको रूपमा स्थापित गर्न हामी सबै—विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदाय—समान रूपमा उत्तरदायी छौँ। सामूहिक प्रयास, पारदर्शिता, समर्पण र सकारात्मक सोचका साथ अघि बढेमा हाम्रो क्याम्पसले थप उचाइ हासिल गर्नेछ भन्नेमा म पूर्ण विश्वस्त छु।

अन्त्यमा, क्याम्पसमा अध्ययनरत र अध्ययन गर्न इच्छुक सबै विद्यार्थीलाई म स्वागत गर्दछु। यहाँ तपाईँहरूले सिक्ने पाठ, अर्जित ज्ञान र पाएको अनुभवले भविष्यमा तपाईँलाई अझ सफल, आत्मविश्वासी र सक्षम मात्र नभएर सिंगो राष्ट्र निर्माणमा योगदान पुग्नेछ। हाम्रो साझा लक्ष्य—शिक्षा, अवसर र विकास—साथसाथै अगाडि बढोस्।
धन्यवाद।”